दफा १७
सूचना तथा जानकारीको अधिकार
: (१) अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सञ्चारका माध्यमबाट अपाङ्गमैत्री तथा पहुँचयुक्तताको आधारमा सूचना तथा जानकारी पाउने अधिकार हुनेछ ।
(२) सार्वजनिक सञ्चारका विद्युतीय प्रसारण संस्थाले नेपाल सरकारले तोके बमोजिमको सङ्ख्यामा साङ्केतिक भाषामा समाचार तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
(३) अपाङ्गता भएका व्यक्तिलाई सर्वसाधारणको लागि लक्षित गरिएका सूचना थप शुल्क वा दस्तुर बिना पहुँचयुक्त ढाँचा र प्रविधिमा प्राप्त गर्ने अधिकार हुनेछ ।
(४) टेलिफोन तथा इन्टरनेट लगायतका सञ्चार सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा नेपाल सरकारले तोकिदिएको अवधिभित्र अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त ढाँचा र प्रयोग गर्न मिल्नेगरी उपलब्ध गराउनुपर्नेछ ।